Skip to content
Shikhar Insurance
National Life

ब्याजदर घटिरहेको छ, अझै घट्छः केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटिरहेको र अझै पनि घट्दै जाने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाजको २७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष केसीले अझै पनि ब्याजदर घट्दै जाने बताएका हुन् । उनले कर्जाको कर्जाको ब्याजदर पनि १ प्रतिशतले घटिसकेको र त्यो पनि अझै घट्ने घोष्गाणा गरे ।

‘अहिले बैंकको आधारदर एकल अंकमा छ, ब्याजदर अझै घट्दै जान्छ किन की अहिले बैंकमा तरलता बढेको छ ।’, अध्यक्ष केसीले भने । खराब कर्जा बढ्दो दरमा रहेकाले बैंकहरुले त्यसमा ध्यान दिईरहेको पनि उनले जानकारी दिए । सडकमा बैंक विरुद्ध जारी आन्दोलनबाट सचेत हुनुपर्ने अवस्था आएको पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले ऊर्जामा ३ खर्ब लगानी गरेको भन्दै देशको विकासका लागि बैंकिङ क्षेत्रले ठूलो योगदान दिईरहेको दावी पनि गरे । अझै छिटो गतिमा देश विकास गर्न भने व्यापाक मात्रामा वैदेशिक लगानी आवश्यक रहेको र त्यसका लागि तत्काल कन्ट्री रेटिङ गरि हेजिङलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

बैंकहरुमा ५ खर्बभन्दा बढी तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले एक साताको अवधिमा ३५ अर्ब निक्षेप उठाइसकेको बताउँदै बैंकहरुले ०.९९ प्रतिशतसम्म ब्याजदरमा राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा लगानी गर्ने अवस्था बनेको पनि उनलेब ताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE