Skip to content
Shikhar Insurance
National Life

ब्याजदरमा हस्तक्षेप गर्दै अर्थमन्त्री भन्छन्– ‘बैंकमा पैसा राखेर १३% पाए कसले उद्योग खोल्छ ?’

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर वृद्धिमा हस्तक्षेप गर्ने भएका छन् । उनले बैंकले नै निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिए उद्योगमा लगानी घट्ने भन्दै ब्याजदर बारे मन्त्रालयमा छलफल गरिने बताएका हुन् ।

बिहिबारदेखि राजधानीमा आयोजित विद्युतीय सवारी साधान मेला “नाडा इभि एक्स्पो २०२२” को उद्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले भने, ‘जुन देशमा बैकमा पैसा राखेर १३  प्रतिशतसम्म ब्याज पाइन्छ त्यो देशमा उत्पादन हुन्छ ? बैकमा पैसा राख्दा १३  प्रतिशतसम्म ब्याज पाएसी उध्योगमा कस्ले लगानी गर्छ ? यो हप्ता ब्याजदर बारे छलफल गरेर उचित निर्णय हुन्छ, सचिबलाई भनी सकेको छु ।

उनले अटोमोबाइल क्षेत्रको विकास र विस्तारका लागि सरकार सहयोग गर्न तयार रहेको समेत बताए ।

‘गत वर्ष ३ खर्बको इन्धन आयात भएको रहेछ, यसले डलर गएको छ नै साथमा वातावरण पनि विगारेको छ । अबको विश्व ग्रिन इकोनोमिको अभियानमा छ । हामीले अटोमोबाइल्सको आयात रोक्ने भनेका छैनौं, निर्यात पनि वृद्धि गर्नु पर्छ भनेका हौं । आयात रोक्दा राजश्व कम भएकोमा सरकार सचेत छ । सधै आयात रोक्ने योजनामा छैन । निर्यात पनि वृद्धि गर्ने नीति सरकारको हो । तपाईहरु यही गाडी बनाउँछौँ भन्नु। भन्सार, कर छुट लगायत अन्य सहलियत दिन सरकार तयार छ । सामान ल्याएर फिर्ता गएन भने झन समस्या हुन्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्