Skip to content
Shikhar Insurance
National Life

‘ब्याजदरमा हस्तक्षेप गर्दै स्टिमुलस प्याकेज मौद्रिक नीतिमा चाहियो’

Hyundai
NCELL
NIMB

काठमाडौं । कोभिडसँगै तरलता अभावकाे प्रभावले उद्योग धेरै समस्या रहेको हुँदा राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् स्टिमुलस प्याकेज ल्याउनु पर्ने आवश्यकता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले औल्याएका छन् । एफएनसीसीआईद्वारा आयोजित ‘पूर्व मौद्रिक नीति अन्तरकृया कार्यक्रम’ मा अध्यक्ष गोल्छाले कोभिडसँगै तरलता अभावले साना तथा मझौला उद्योग क्षेत्रलाई बढी समस्या पारेको बताएका हुन् ।

‘मौद्रिक नीतिबाट विषेश आशा छ । तरलता अभावले राजश्वमा समेत असर गरिसकेको छ, अर्थतन्त्रका चुनौती मौद्रिक नीतिले सम्बोधन गर्ला
उद्योग क्षेत्र धेरै समस्यामा छ,’ कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले भने, ‘साना तथा मझौला उद्योगमा सबैभन्दा धेरै समस्यामा छन्, कोभिड असारबाट बाहिर निस्किन नपाउँदै यी क्षेत्रका उद्योग व्यवसाय पुनः समस्यामा परेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् स्टिमुलस प्याकेज ल्याएर यो गेत्रको उद्धार गर्नुपर्यो ।’

सीडी रेसियोको प्रवधानले गर्दा तरलतामा धेरै चाप परेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् तरलता व्यवस्थापनमा सहजिकरण गर्न स्थानीय तहको निक्षेपलाई सीडी रेसियोमा गणना गर्न पाउने व्यवस्था गर्नु पर्ने उनको सुझाव छ ।

यस्तै, उनले मुद्रा स्फ्रितीभन्दा बचतको ब्याजदर कम हुन गलत अभ्यास भएको भन्दा कर्जाको भने ६ महिनामै डलब भएको विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण गरेका थिए । बैंकको ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गर्न आवश्यक रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्