Shikhar Insurance
National Life

बैंक र ऋणीबिच विवाद बढ्दै, मंसिरमा मात्रै ७० मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार १४:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणीबिच विवाद बढ्दै गएको छ । अघिल्लो महिनाको तुलनामा मंसिरमा मुद्दाको चाप ह्वात्तै बढेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को पाँचौ महिना (मंसिर) मा ऋण असुली न्यायधिकरणमा ७० वटा मुद्दा दर्ता भएका छन् । जुन गत महिना (कात्तिक) को तुलनामा २४ वटाले बढी हो । गत महिनामा जम्मा ४६ वटा मुद्दा दर्ता भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार मंसिर महिनामा जम्मा ११ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने १ को मिलापत्र भएको छ । न्यायाधिकरणमा मुद्दा संख्या बढ्दै गए पनि मुद्दाको निर्णय प्रकृया भने घट्दै गएको छ ।

त्यस्तै, मंसिर महिनासम्ममा ५ सय ८५ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ । त्यसैगरी, मंसिर महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु २६ वटा रहेका छन् । अघिल्लो महिना कात्तिकसम्म १ सय १७ वटा मुद्दाको लगतकट्टा निर्णय भएको थियो ।

२०८१/०८२ को मंसिर महिनाको कुल असुली रकम ११ करोड ४१ लाख २७ हजार ८१४ रुपैयाँ रहेको छ । त्यस्तै, गतवर्ष २०८०/०८१ को जम्मा असुली रकम ३५ अर्ब २८ करोड ८४ लाख ८६ हजार १ सय ६५ रुपैयाँ रकम असुली भएको थियो भने हालसम्म कुल ३६ अर्ब १० करोड १९ लाख ९७ हजार ४ सय ८९ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ ।

अघिल्लो महिना (कात्तिक) मा ऋण असुली न्यायधिकरणमा ४६ वटा मुद्दा दर्ता भएको थियो । कात्तिकमा जम्मा ३७ मुद्दाहरुको निर्णय भएको थियो भने २ मुद्दाहरुको मिलापत्र तथा तालमेल भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्