Skip to content
Shikhar Insurance
National Life

बैंक तथा वित्तिय संस्थाका २५ सय बढी कर्मचारीलाई कोरोना, जोगिएर सेवा दिऔंः राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका २५ सय भन्दा बढी कर्मचारीहरु कोरोना संक्रमित भएका छन् । नेपाल बैंकर्स संघका अनुसार बाणिज्य बैंकहरुका २ हजार भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । दैनिक संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ ।

उता, विकास बैंक, फाइनान्स कम्पनी र लघु वित्त कम्पनीका गरि पाँच सय भन्दा बढी कर्मचारीहरु संक्रमित भैसकेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले सरकार र नेपाल राष्ट्र बैंकले लिने निर्णयका आधारमा बैंक तथा वित्तिय संस्थाको सेवा अघि बढाइने बताए ।

उनले अत्यावश्यक सेवाका रुपमा रहेको वित्तिय सेवा निर्वाध सञ्चालन हुने वातारण बनाउने र स्वास्थ्य मापदण्ड पुरा गरेर सेवा दिनेबारे योजना बनाएको बताए । ‘बैंक तथा वित्तिय संस्थाहरुको सेवा सञ्चालन हुनुपर्छ, कोरोनाको जोखिमबाट कर्मचारी पनि बच्नुपर्छ, हामी सरकार र राष्ट्र बैंकको निर्देशन कुरिरहेका छौं’, बैंकर्स संघका अध्यक्ष उपाध्यायले भने ।

उता, वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि राष्ट्र बैंकको निर्देशन कुरेको बताए । संघ अन्तर्गतका सदस्य संस्थाहरुमा एक सय भन्दा बढि संक्रमित भैसकेका छन् । उनले कर्मचारीहरुले आलोपालो गरेर काम गर्ने विकल्पबारे सोच्न सकिने सुझाव पनि दिए ।

जोगिएर सेवा दिऔं–राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले स्वास्थ्य मापदण्ड पुरा गर्दै जोगिएर सेवा प्रवाहको वातावरण बनाउनुपर्ने बताए । ‘स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्दै बैंकिङ सेवा प्रवाह गर्नुपर्ने यस अघि कै व्यवस्था हो, बैंकिङ सेवा निर्वाध रुपमा उपलब्ध गराउने तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुनुपर्छ भन्ने राष्ट्र बैंकको धारणा हो’, प्रवक्ता डा. भट्टले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE