Shikhar Insurance
National Life

बैंकिङ क्षेत्रले उद्योग व्यापारलाई महत्त्व दिन छाडेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्य र बैंकिङ क्षेत्रले पनि उद्योग व्यापारलाई महत्त्व दिन छाडेको बताएका छन् । उनले शुक्रबार बैंक तथा बित्तीय सस्था परिसंघ नेपाल (सिविफिन) को ५ औं वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।

उनले उद्योग व्यापारको विकास बिना देश विकास सम्भव नभएको बताउँदै उद्योगको उत्पादन बढाएर खपत बढाउन जरुरी रहेको बताए ।उनले उद्योग, व्यापार र कृषिलाई विशेष जोड दिन आग्रह गर्दै उद्योगलाई दिने कर्जा र अन्य क्षेत्रलाई दिने कर्जामा ब्याजदर फरक हुनुपर्ने धारणा राखे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले देशभरका उद्योगी व्यवसायीहरूले बैंकमा ऋण माग्न जाँदा केन्द्रको निर्णय चाहिने भन्दै कर्जा नदिएको गुनासो गरे । उनले संघीयता आइसकेपछि कर बढेको र कमाउनेभन्दा धेरै कर तिर्नुपरेको गुनासो व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्