Shikhar Insurance
National Life

बैंकिङ क्षेत्रमा बढेको अराजकता विरुद्ध वित्त क्षेत्रका संस्थाहरू एकै ठाउँमा

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लहान शाखा लगायत अन्य ठाउँमा कार्यरत कर्मचारीहरुमा भएको दुर्व्यवहार प्रति नेपाली वित्त क्षेत्रका तिनवटै संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । वित्त क्षेत्र सम्बन्धी संस्थाहरु नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल तथा नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्ता घटनाप्रति आपत्ती जनाउँदै ध्यानाकर्षण भएको जनाएका हुन् ।

कृषि विकास बैंक लहान शाखाले कर्जा असुली गर्न लिलाम गर्दा करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आन्दोलनका क्रममा बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध पार्नुका साथै बैंकिङ सेवा नै ठप्प पार्ने, बैंकमा तालाबन्दी, ढुंगामुढा तथा हो–हल्ला गर्ने लगायतका कार्य गरेको थिए ।

यस्तो छ वित्त क्षेत्र सम्बन्धी संस्थाहरुको साझा विज्ञप्ती

पछिल्लो समय कृषि विकास बैंक लि. को सिराहा जिल्ला, लहान स्थित शाखा लगायत अन्य विभिन्न बैंकका केही शाखाहरुमा कार्यरत कर्मचारीहरु प्रति लक्षित गरी सामाजिक संजाल तथा संचार माध्यमहरुमा कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवा अन्तरगत रहेको बैंकिङ्ग सेवा नै ठप्प पारी दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुङ्गा मुढा तथा होहल्ला गर्ने लगायतका गतिविधि प्रति हाम्रोे गम्भिर ध्यानाकर्षण भएको छ । यस कार्यले गर्दा ग्राहकहरु बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले पारदर्शी रुपमा नियामक निकायबाट जारी गरिएको नीति/निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही निक्षेप संकलन, कर्जा प्रवाह तथा असुली जस्ता कार्यहरु गर्दै आइरहेका छन् । यी संस्थाहरुबाट गरिएको लिलाम लगायत अन्य प्रक्रिया चित्त नबुझेको अवस्थामा ग्राहकहरु नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुंदा हुंदै बैंकिङ्ग जस्तो सम्वेदनशील सेवा नै अवरुद्ध हुने गरी बाधा सिर्जना गर्नु कदापी उचित नहुने व्यहोरा सबैमा अनुरोध गर्दछौं ।

कुनै पनि बैंक/वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिए पछि नियमित रुपमा कर्जाको साँवा/किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न शर्तहरुको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने र यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं ।

सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन समस्त ग्राहकवर्ग तथा आम जनमानसमा अनुरोध गर्नुका साथै सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना/समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं । साथै, आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।

नेपाल बैंकर्स संघ    डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल    नेपाल वित्तीय संस्था संघ

GBIME

प्रतिक्रिया दिनुहोस्