Skip to content
Shikhar Insurance
National Life

बैंकहरूले हेजिङ्गको सुविधा उपभोग गरिरहेका छन् : डेपुटी गभर्नर मिश्र

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुले हेजिङ्गको सुविधा उपभोग गरिरहेको बताएका छन् । नेपाल बैंकर्स संघ र युएसएड ट्रेड एण्ड को संयुक्त आयोजनामा भएको इम्प्लिमेन्ट अफ इन्स्ट्यूस्नल मेकानीजम फर हेजिङ्ग फ्यासीलीटी एण्ड सजेसन फर दी क्यू २ रिभ्यू अफ मनीटरी पेलिसी २०८०/८१ को पोलिसी डाइलगमा बोल्दै मिश्रले त्यस्तो बताएका हुन् ।

मिश्रले भने ‘ हेजिङ्गको सम्बन्धमा कुरा गर्दा अहिले पनि बैंकहरुले कुनै न कुनै रुपमा हेजिङ्गको सुविधा उपभोग गर्दै आएको र त्यसका लागि बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताक प्रयोग गरिरहेका छन् ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मिश्रले देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा यसले सकारात्मक प्रभाव पार्ने कुरामा नेपाल राष्ट्र बैंक स्पष्ट रहेको र सोहि अनुसार नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्ने गरेको बताए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी.ले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तराष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठुलो लगानी खाँचो पर्न जाने परिस्थितिमा बाह्य लगानीलाई देशमा कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपुर्ण रहेको बताए । नेपालले लिएको दिगो विकासको लक्ष्य परिपूर्तिको लागी पनि नेपालमा ठुलो स्रोत चाहिने र देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने परिस्तिथिमा बैदेशिक लगानी अपरिहार्य रहेकाले सरकारले यसको सहजताको लागि थप पहल गर्नुपर्ने धारणा के.सी.को थियो ।

कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०/८१ मा भएका केहि नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्ग संग सम्बन्धित विषयमा छलफल रहेको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा निर्देशकहरु, विभिन्न सरकारी निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारी था प्रतिनिधिहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीहरु लगायतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्