Skip to content
Shikhar Insurance
National Life

बैंकहरुमा ४६ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४६ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आज(बिहिबार)एक सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको साे रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ३० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने सूचनामार्फत जानकारी दिएको छ ।

मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी साउन १४ गतेभित्र आवेदन दिन राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको केही सर्तहरु भने पालना गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

२०८१ साउन १७ गतेदेखि २०८२ साउन १७ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले साउन १७ गतेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्