Skip to content
Shikhar Insurance
National Life

बैंकहरुको २ खर्ब २५ अर्ब रुपैयाँ लगानी घरजग्गामा, एनआईसी एशिया बैंकको सबैभन्दा धेरै

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकको ब्याजदर घटेसँगै जग्गा कारोबार र घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा समेत वृद्धि भएकाे छ । विगतमा बढ्दो ब्याजदर, बैंकिङ प्रणालीमा भएको पर्याप्त तरलताले घरजग्गा कारोबार सुस्त भएको थियो ।

चालु आर्थिक वर्षको ४ महिना (कार्तिक)मा वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा २ खर्ब २५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् । समीक्षा अवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकले घरजग्गा क्षेत्रमा लगानी गरेको छ । बैंकले ४ महिनामा २७ अर्ब २१ करोड ७५ लाख रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)  छ । बैंकले घरजग्गा क्षेत्रमा २४ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने तेस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले ४ महिनामा २३ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, घरजग्गा क्षेत्रमा प्राइम कमर्सियल बैंकले १९ अर्ब ७१ करोड २५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले १६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ, प्रभु बैंकले १५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।

लक्ष्मी सनराइज बैंकको १५ अर्ब १० करोड रुपैयाँ, नेपाल बैंकको १३ अर्ब ७९ करोड ९० लाख रुपैयाँ, हिमालयन बैंकको १३ अर्ब २९ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ९ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी रहेको छ ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८ अर्ब २८ करोड ८५ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६ अर्ब ५५ करोड ३२ लाख रुपैयाँ, सानिमा बैंकले ५ अर्ब ६३ करोड २२ लाख रुपैयाँ, एनएमबी बैंकको ४ अर्ब ९१ करोड २१ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको ४ अर्ब ८२ करोड २५ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, घरजग्गा क्षेत्रमा सिद्धार्थ बैंकको ४ अर्ब ६५ करोड रुपैयाँ, सिटिजन्स बैंकको ४ अर्ब १६ करोड ४९ लाख रुपैयाँ, कुमारी बैंकले ३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब ८५ करोड ५९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले १ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ लगानी रहेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको मंसिर महिनासम्ममा ४ हजार ६ सय ९४ वटा नामसारी भएको तथ्यांकले देखाएको छ ।

सो कारोबारबाट ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको सोहि अवधिको तुलनामा राजश्व ३५.२४ प्रतिशतले बढी हो । गत वर्षको मंसिरमा यस्तो राजश्व २ अर्ब ८६ करोड ५०० लाख ११ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ५ महिनामा देशभरका मालपोत कार्यालयहरुबाट ४३ हजार ३ सय ७९ वटा घरजग्गा कारोबार (लिखत) पारित भएका छन् । यो गत आवको सोही अवधिको तुलनामा १ हजार ५ सय २८ वटा अर्थात् ३.६५ प्रतिशतले बढी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्