काठमाडौं । माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला बैंकर्स संघको उपाध्यक्ष निर्वाचित भएका छन् । बुधबार सप्पन्न संघको बिशेष साधारणसभाले कोइरालालाई निर्विरोध उपाध्यक्ष चयन गरेको हो । उनी दोश्रो कार्यकाल संघको कार्य समिति सदस्यको जिम्मेवारीमा थिए । अनिल उपाध्यायको कार्यकाल सकिएपछि एनएमबी बैंकका सिईओ समेत रहेका संघका उपाध्यक्ष सुनिल केसि अध्यक्ष बनेका छन् । केसि अध्यक्ष बनेपछि कोइराला उपाध्यक्ष बनेका हुन् ।
बैंकर्स संघको उपाध्यक्ष बने माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला

प्रतिक्रिया दिनुहोस्