Skip to content
Shikhar Insurance
National Life

‘बैंकरहरुले धेरै नाफा खान्छ भनेर प्रोभिजनिङ गर्न लगाएको होइन’-गभर्नर अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकहरुको नाफा कम गराउन प्रोभिजनिङको व्यवस्था नगरेको बताएका छन् । नेपाल बैंकर्स संघको ३८ औं साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंक तथा बित्तिय संस्थाको स्वस्थ्य राख्न प्रोभिजनिङ गर्न लगाएको स्पष्ट पारेका हुन् ।

कार्यक्रममा गभर्नर अधिकारीले भने, “बैंकहरुले धेरै नाफा खान्छ भनेर प्रोभिजनिङ गर्न लगाएको होइन, यदि प्रोभिजनिङ नगराउने हो भने भोलीदेखी बैंकहरुलाई खोज्दै हिड्नुपर्छ।” गभर्नर अधिकारीले थपे, “धेरै कुराहरु परिवर्तन हुँदै आएका छन् । हामीले बैंक वित्तीय प्रणालीलाई सुरक्षित राख्न प्रयास गरिरहेका छौं । बैंकिङ क्षेत्र निकै संवेदनशील क्षेत्र हो । रास्ट्र बैंकले ल्याउने मौद्रिक नीति वित्तिय स्थायित्वकै लागि ल्याएका हुन्छन् । ऋण रिकभरी नभएको बेलामा पनि तरलता बढ्नु राम्रो विषय हो ।”

तरलता बढ्नुमा रेमिटेन्सले राम्रो सहयोग गरिरहेको गभर्नर अधिकारीको भनाई छ । बैंकहरुलाई एक तहको नाफा आवश्यक पर्छ, तर अप्ठ्यारो अवस्थामा भने सहन सक्नुपर्ने गर्भनर अधिकारीको भनाई छ । नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौतीहरु भएपनि, ती चुनौतीहरुलाई सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको गभर्नर अधिकारीले बताए । त्यसका साथै वर्तमान अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा केही असहज अवस्था भएपनि आउँदो दिनहरु राम्रो हुने बताउँदै सबै बैंकरहरुलाई निराश नभइकन सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे ।

नेपाल बैंकर संघका नवनिर्वाचित अध्यक्ष श्री सन्तोष कोइरालाज्यूले उपस्थित सम्पूर्ण व्यक्तित्वलाई उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे । सो अवसरमा उनले नेपाल बैंकर्स संघ सबैको साथ र सहयोगको साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका निवर्तमान अध्यक्ष श्री सुनिल केसीले आफ्नो कार्यकालमा भएका मूख्य गतिविधिको जानकारी दिंदै सबैको सहयोग एवं सद्भावको लागि धन्यवाद प्रकट गरे । नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको बताउँदै त्यसको लागी नेपाल राष्ट्र बैंकले पुर्याएको महत्त्वपूर्ण भूमिका नेपाल राष्ट्र बैंकले खेलेको अभिभावकत्वको भूमिकाको लागि धन्यवाद व्यक्त गरे ।

इन्टरनेश्नल फाइनान्स कर्पोरेशन (आइएफसी) का रिजनल इकोनोमिष्ट फर साउथ एशियाकी कमलिका दासले विश्व अर्थतन्त्रको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । । उनले दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि अन्य देश भन्दा तुलनात्मक रुपमा राम्रो देखिएको, यसको लागी यो क्षेत्रमा प्रवाह हुने विप्रेषणले निजी उपभोग बढाएको र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको बताए ।

संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष श्री राजन सिंह भण्डारीलाई सम्मान–पत्र प्रदान गरेको छ । भण्डारीले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्ष, नेपाल बैंकर्स संघको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक लगायत अन्य विभिन्न ओहोदामा रही आर्थिक, मौद्रिक, बैंकिङ्ग तथा वित्तीय क्षेत्रको विकास र सुधार कार्यक्रमलाई अगाडि बढाउन र समन्वय गर्नका लागि योगदान पुर्याएका छन् ।

सम्मान–पत्र ग्रहण पश्चात् भण्डारीले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपालको बैंकिंग क्षेत्रको भविष्य उज्ज्वल रहेको बताए । यसैगरी, बैंकिङ्ग क्षेत्रबाट बिदा भएका रत्नराज बज्राचार्य र किरण कुमार श्रेष्ठलाई उनीहरूको योगदानको कदर गर्दे सम्मान पत्र प्रदान गरेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्