Skip to content
Shikhar Insurance
National Life

बैंकको ब्याजदरमा हस्तक्षेप गर्दैनौं : अध्यक्ष केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकर्स संघका अध्यक्ष सुनील केसीले भदौ महिनाका लागि पनि बैंकको ब्याजदरमा कुनै हस्तक्षप नगर्ने बताएका छन्। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अध्यक्ष केसीले भने, ‘एकै महिनामा नीति परिवर्तन गर्ने भन्ने हुँदैन, भदौ महिनाका लागि पनि हामी बैंक ब्याजदरको खुल्ला नीतिमा नै जान्छौं।’

बैंकहरुले ब्याजदरमा एकाधिकार (कार्टेलिङ) गरेको भन्दै चौतर्फी विरोध भएसँगै वाणिज्य बैंकहरुको छाता संगठन ‘नेपाल बैंकर्स संघ’ ले साउनदेखि ब्याजदरमा खुल्ला नीति कार्यान्वयनमा ल्याएको थियो । संघले ब्याजदरमाथिको नियन्त्रण छाडेसँगै साउन महिनाका लागि बैंकहरुले आफु खुसी ब्याजदर तोकेका थिए ।

साउन महिनाका लागि बैंकहरुले निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम् १०.९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । बैंकहरुले भदौ महिनाका लागि पनि खुल्ला नीतिअनुरुप नै आफू अनुकूल ब्याजदर तोक्ने तयारी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्