Skip to content
Shikhar Insurance
National Life

बैंकको ऋण नतिर्न उक्साउनेहरु विरुद्ध मुद्धा हाल्ने निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालले बैंक विरुद्धको आन्दोलन र अराजक गतिबिधीमा संलग्नहरु विरुद्ध मुद्धा हाल्ने निर्णय गरेको छ । परिसंघको बैशाख १४ गते बसेको कार्य समितिको चौथो बैठकले बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध आन्दोलन गर्ने, कर्मचारीलाई थर्काउने।धम्काउने तथा हातपात गर्ने, ऋण नतिर्न उक्साउनेहरु विरुद्ध मुद्धा हाल्ने निर्णय गरेको हो ।

परिसंघको निर्णयमा भनिएको छ–‘अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सादर निवेदन गर्दछौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

परिसंघले बैंक तथा वित्तिय सेवा अत्यावश्यक सेवामा पर्ने भएकाले त्यसको सेवा प्रवाहमा अवरोध गर्ने जो कोहिलाई कानुन अनुसार मुद्धा हाल्ने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्