Skip to content
Shikhar Insurance
National Life

बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब देखियो : कार्यकारी निर्देशक पौडेल

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने क्रम देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बताएका छ्न । बैंकको आम्दानीको स्रोत सीमित मात्रै हुँदा बैंकको नाफामा दबाब देखिएको उनले बताएका हुन् ।

अहिले बैंकको एनबिए बढेको छ। अहिले औसतमा बैंकहरुको खराब कर्जा ४.४२ प्रतिशत पुगेको छ । अझै थपिने देखिएको छ । बैंकहरुको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर छ । बैंकको सम्पती लोनको धितो नै ८० प्रतिशत छ । यसरी हेर्दा बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको निर्देशक पौडेलको भनाइ छ ।

उनले भने, ‘२०४० सालमा जब निजि छेत्र प्रवेश गर्यो । ४० अर्ब जिडिपिको साइज ८ प्रतिशत लोन गएको देखिथ्यो । अहिले कुल जिडिपिको ९० प्रतिशात लोन निजि क्षेत्रको ऋण पुगेको छ।’

उनले भने ‘अब लोन कहाँ गयो भन्ने विषय हो । अब कर्जा लिनेहरु अलि बढी जिम्मेवार हुनुपर्ने देखिन्छ ।’ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट रिन लिनेहरुले तिर्नु पर्दैन भन्ने भाष्यले पनि बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले काम गर्न नसकेको उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्