Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको भन्दै बैंकका लगानीकर्ताहरुको संस्था सिबिफिनलाई प्रबल जनसेवाश्री मानपदवी

Hyundai
NCELL
NIMB

काठमाडौं । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको छ । संविधान दिवस–०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको छ । उक्त मानपदवी सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहज्यूले ग्रहण गरेका हुन् ।

सबिफिन स्थापनाकालदेखि नै बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरुसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरुवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको छ ।

‘प्राप्त मानपदवीले सिबिफिनको शिर उँचो भएको र गरिमा बढेको मात्र छैन, थप कर्तव्य र जिम्मेवारी पनि थपिएको छ । संस्थागत उद्देश्यहरुको कार्यान्वनयसँगै नेपाल सरकार र मातहतका निकायहरुबाट प्राप्त हुने जिम्मेवारीहरुलाई अत्यन्तै गहनताका साथ पूरा गर्दै आएको यस संस्थाले आगामी दिनमा समेत सदस्य संस्थाहरु, राष्ट्र र आम जनताको हकहित र कल्याणका खातिर थप क्रियाशिल भइ लागिरहने छ । प्राप्त भएको मानपदवीको गरिमा अक्षुण्ण राख्दै, नेपाल सरकार, मातहतका नियामक निकाय, प्राज्ञिक संस्था, राष्ट्रिय एवं अन्तराष्र्टि«य संस्था र सरोकारवाला सम्पुर्ण पक्षहरुसँग निरन्तर सहकार्य गर्दै समृद्ध राष्ट्र निर्माणको साझा अभियानमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।’, सिबिफिनले भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्