Skip to content
Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको १ लाख कित्ता सेयर बेच्न खोज्ने ५ संस्थापक को हुन् ? किन छाड्दैछन् कम्पनी ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीको नाममा रेहको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी प्रकाशरत्न तुलाधारको नामा रहेको १४ हजार ७४१ कित्ता सेयर, कपुर प्रसाद वैजुको ४५ हजार ९०२ कित, दयाराम श्रेष्ठको नामा रहेको २१ हजार ६१३ कित्ता, पुजा प्याकुरेलको नामा रहेको २२ हजार ८२० कित्ता, भिम कृष्ण उदासको नामा रहेको ३ हजार ४ सय ५७ कित्ता सेयर गरी कुल १ लाख ५ हजार ५३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको दिनदेखि ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय कमलादी,काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

उक्त सेयर तोकेको समयमा बिक्री नभएको खण्डमा प्रचलित कानून बमोजीम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्