Skip to content
Shikhar Insurance
National Life

बेल्ट एन्ड रोड फोरममा ११० देश सहभागी हुँदै

Hyundai
NCELL
NIMB

बेइजिङ । आगामी महिना चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा ११० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् ।

आगामी अक्टोबरमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा ११० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने जानकारी सम्बन्धित देशबाट प्राप्त परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङलले मंगलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा बताइन् ।

प्रवक्ता माओकाअनुसार ‘बेल्ट एण्ड रोड फोरम’अन्तर्गत उद्घाटन समारोह, ‘कनेक्टिभिटी’, हरित विकास र ‘डिजिटल’ अर्थतन्त्रसम्बन्धी तीनवटा उच्चस्तरीय बैठक, सहज व्यापार, जनस्तर एवं विद्वत् व्यक्तित्व आदानप्रदानलगायत अन्य ६ वटा विषयमा छलफल हुनेछ ।फोरमको तयारी द्रुत गतिमा भइरहेको छ । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्