Skip to content
Shikhar Insurance
National Life

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा

Hyundai
NCELL
NIMB

लण्डन । बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायहरूलाई असर पुर्याएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समूह करिब ४ सय स्टोरबाट सञ्चालित साथै अन्य साना घरेलु सामानहरूको अतिरिक्त सरसफाइ र बगैंचासम्बन्धी उत्पादनहरूको अनलाइन बिक्री गर्दैआएको विल्कोले आफू कठिन मोडमा पुगेको जनाउँदै आफूलाई नयाँ प्रशासनको जिम्मा लगाएको हो ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत ज्याक्सनले आफ्नो वेबसाइटमा एक खुला पत्रमा भनेका छन्, “हामी सबैले यो अविश्वसनीय व्यवसायलाई अक्षुण्ण राख्न कडा संघर्ष गरेका छौं तर समय समाप्त भएको छ भनेर स्वीकार्नुपर्छ ।”

उनले प्रसंगलाई जोड्दै भने, “अब हामीले हाम्रो नियुक्त प्रशासकहरूसँग काम गरेर सकेसम्म लामो समयसम्म धेरैभन्दा धेरै रोजगारीहरू सुरक्षित राख्नका लागि सबैभन्दा राम्रो गर्नुपर्छ ।”

विल्कोले सन् १९३० मा स्थापना भएको संकटग्रस्त कम्पनीको प्रशासकको रूपमा प्राइस वाटरहाउस कुपर्सलाई नियुक्त गरेको थियो । प्राइस वाटर हाउस कुपर्स लण्डनमा केन्द्रीय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यवसायी फर्म हो । एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE