Skip to content
Shikhar Insurance
National Life

बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार भत्ता

Hyundai
NCELL
NIMB

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो ।

गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनले कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले उपलब्ध गराएको बताए ।

नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पु¥याउने उद्देश्यले कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिलाई होम आइसोलेशनमा बस्न र सङ्क्रमणविरुद्ध पौष्टिकयुक्त अहारा खान आग्रह गर्दै त्यसबापत पाँच हजार एकमुष्ट सहयोग दिने निर्णयानुसार सङ्क्रमति सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना सङ्क्रमितको सङ्ख्या करीब एक हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरुका लागि पोषणभत्तास्वरुप रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए । अहिलेसम्म नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या एकसयको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए ।रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्