Skip to content
Shikhar Insurance
National Life

बेकोले ल्यायो निः शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

Hyundai
NCELL
NIMB

काठमाडौं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सिमित अवधिको लागि सम्पूर्ण ए।सी।का ग्राहकबर्गहरुलाई लक्षित गरी निः शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको एसीमा निः शुल्क एसी सर्भिसिङ सेवा पाइन्छ । फागुन १५ देखि सुरु क्याम्पमा जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्याङकनका साथ बेकोको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् । नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ। साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकवर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछ ।
नेपाल राज्यभर बेको ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उट्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

GBIME

प्रतिक्रिया दिनुहोस्