Skip to content
Shikhar Insurance
National Life

बेकोको दसैं-तिहार योजना बजारमा सार्वजनिक, कुनै पनि सामान किन्दा आकर्षक उपहार

Hyundai
NCELL
NIMB

काठमाडाैं । बेकोले नजिकिरहेको नेपालीहरुको दसैं-तिहार २०८० लाई लक्षित गर्दै “बेकोको सौगात, सम्बन्ध प्रगाढ“ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । यो योजना भदाै २७ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ ।

उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिअल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ।

साथै सिङगल डोर रेफ्रिजेरेटरमा चोप्पर, डबल डोर रेफ्रिजेरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजेरेटरमा इलेक्ट्रिक प्रेसर कुकर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कुकर र एअर कन्डिसनर को खरिदमा फ्री इन्स्ट्लेसन पाइन्छ। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको छ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नु हुनेछन् । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तीगौंडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन। साथै चौधरी ग्रुपद्वारा बजारमा वितरित सम्पूर्ण बेकोको सामानहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र सर्भिस ग्यारेन्टी रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्