Skip to content
Shikhar Insurance
National Life

बूढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैँले बनाउनुपर्छः अध्यक्ष डा. भट्टराई

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्ने बताएका छन् । जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका उनले सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना नेपालले आफैं बनाउनुपर्ने बताएका हुन् ।

सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख्य उत्साह भने ल्याउन नसकेको पनि दाबी गरे । “धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ”, अध्यक्ष डा भट्टराईले भने, “थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्