Skip to content
Shikhar Insurance
National Life

बी एण्ड सी अस्पतालको सम्बन्धन फिर्ता लिन सात विद्यार्थी संगठनको अपिल

Hyundai
NCELL
NIMB

काठमाडौं । सात विद्यार्थी संगठनहरुले झापाको बी एण्ड सी अस्पाताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिने निर्णय फिर्ता लिन माग गरेका छन् । काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले(माधव नेपाल समुह) निकट अनेरास्ववियू, माओवादी निकट अखिल क्रान्तिकारी लगायतका सात विद्यार्थी संगठनहरुले निषेधाज्ञा लगाइएको अवस्थामा मेडिकल माफियालाई सम्बन्धन दिएको भन्दै तत्काल त्यस्तो निर्णय फिर्ता गर्न भनेका हुन् ।

विद्यार्थी संगठनहरुले चुरे मासेर बालुवा, गिट्टी र ढुंगा निकासी गर्ने जनघाती निर्णय फिर्ता लिन पनि चेतावनी दिएका छन् । त्यस्तै, उप प्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको राष्ट्रहित बिरोधी अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने माग पनि अघि सारेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्