Skip to content
Shikhar Insurance
National Life

बीवाईडीको नयाँ शोरुम काठमाडौंको साेल्टीमाेडमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक साईमेक्स ईं-प्रालिले काठमाडौंमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ। बीवाईडीका विद्युतीय सवारीसाधन लाई धेरैभन्दा धेरै ग्राहकमाझ पुर्‍याउने लक्ष्यसहित घटस्थापनाका दिन काठमाडौँको सोल्टीमोडमा भव्य समारोहका बीच यो नयाँ बिक्री केन्द्रको उद्घाटन गरिएको हो।

बीवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ र छिट्टै अन्य स्थानमा पनि बिस्तारको योजनामा रहेको कम्पनीले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्तले उपस्थिति जनाउँदै नयाँ शोरुम र टिमलाई शुभकामना व्यक्त गरे ।

त्यसैगरी, साइमेक्स कम्पनी प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने भन्दै आफ्नो उत्साह व्यक्त गरिन्।

GBIME

प्रतिक्रिया दिनुहोस्