Skip to content
Shikhar Insurance
National Life

बीमा समिति विरुद्ध सम्झौताहिन आन्दोलनमा उत्रिन्छौंः अभिकर्ता संघ

Hyundai
NCELL
NIMB

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा समिति विरुद्ध सम्झौताहिन आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८ जारी गरेर बैंकास्योरेन्स ब्युताउन खोजेको भन्दै अभिकर्ताहरुले सम्झौताहिन आन्दोलनको चेतावनी दिएका हुन् ।

बर्षाैदेखि बीमा क्षेत्रलाई धानिरहेका लाखौं अभिकर्ताहरुको रोजीरोटी खोस्ने नियतसहित समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका ल्याएर नेपालमा असफल भैसकेको बैंकास्योरेन्सलाई पुनः सुरु गर्ने तथा डिजिटल पेमेन्ट कम्पनीहरुmलाई पनि अभिकर्ता बनाउन लागेको भन्दै संघले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशिका तत्काल फिर्ता लिन भनेको हो ।

तीन करोड जनसंख्या भएको देशमा ६ लाख बीमा अभिकर्ता रहेकोले बीमा बजार विस्तारका लागि संस्थागत अभिकर्ता आवश्यक नपर्ने संघको धारणा छ । संघले अभिकर्ताहरुले बीमा कम्पनीहरुबाट लिएको ऋण तीन महिनाभित्र तिर्नुपर्ने भन्दै जारी गरेको निर्देशन प्रति पनि आपक्ति जनाएका छन् । अभिकर्ताहरुले जुटाएको व्यवसायबाटै करोडका बीमा कम्पनीहरुको सम्पति अरबौंमा पुगेको तर अभिकर्ताहरुले लिएको स सानो ऋण पनि समितिले आँखा लगाएको आरोप उनीहरुको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE