Skip to content
Shikhar Insurance
National Life

बीमा शुल्क उठाएर दावी भुक्तानी गर्दिन भन्न मिल्छ ? ९६ हजार बिमितको साढे ९ अर्ब कसले तिर्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य सिलवालले साउन १३ गते रिलायन्स लाइफको दावी दुई करोड ५० लाख रुपैयाँ दावी भुक्तानीको चेक हस्तान्तरण गर्दै भनेका थिए–‘बीमा शुल्क उठाएपछि दावी भुक्तानी दिन्न भन्न पाइन्न, भुक्तानी नपाएको गुनासो आउने गरेको छ, हामी त्यस्तो नहोस भन्ने गरि काम गरिरहेका छौं ।’

अध्यक्ष सिलवालले सार्वजनिक रुपमै बीमा शुल्क असुलेपछि दावी भुक्तानी दिन्न भन्न पाइँदैन भनेको भोली पल्टै अर्थात साउन १४ गते २० वटा निर्जीवन बीमा कम्पनीका सिईओहरुले बीमा समितिलाई एउटा पत्र लेखे । त्यो पत्रमा सोही दिनबाटै कोरोना बीमा वापतको दावी भुक्तानी स्थगन गरिएको घोषणा गरे ।

अब प्रश्न उठ्छ सर्वसाधारणबाट बीमा शुल्क असुलेर दावी भुक्तानी दिन्न भन्न पाइन्छ की नाई ? बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने–‘बीमा शुल्क असुलेपछि दावी भुक्तानी गर्दिन भन्न पाइँदैन्, सरकारसँग रकम माग गरेका छौं, भुक्तानी सम्बन्धी समस्याको समाधान हुन्छ ।’

बीमा कम्पनीहरुले आफुहरुले हालसम्म ४ अर्ब ८१ करोड रुपैयाँ दावी भुक्तानी गरिसकेको बताएका छन् । बीमा समितिले २०७७ जेठ २३ गते लागु गरेको कोरना भाइरस बीमा मापदण्ड, २०७७ को परिमार्जित व्यवस्था अनुसार कम्पनीहरुले एक अर्ब, पुनर्बीमा कम्पनीले एक अर्ब, बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड र बीमा समितिले एक अर्ब गरि कुल ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भैसकेको छ । त्यसपछि पनि पुनः बीमा कम्पनीहरुले अर्थमन्त्रालयको दायित्व वापत प्राप्त हुने रकमबाट सोधभर्ना लिने गरि एक अर्ब ३१ करोड रुपैयाँ अतिरिक्त रकम भुक्तानी गरिसकेको बताएका छन् ।

परिमार्जित मापदण्ड अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी, महाविपक्ति कोष र बीमा समितिले गरि कुल ३ अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी तिर्ने र सो भन्दा बढी दायित्व सृजना भएमा नेपाल सरकारले व्यहोर्ने व्यवस्था थियो । सोही व्यवस्था अनुसार बीमा समितिले ३ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयलाई चैत १३ गते नै पत्र लेखेको थियो ।

तर अर्थ मन्त्रालयले हालसम्म रकम निकासाका लागि कुनै तयारी गरेको देखिन्न । निवर्तमान अर्थ सचिव शिशिर ढुंगानाले कोरोना बीमा दावी भुक्तानीको समस्या समाधान हुने प्रतिक्रिया दिएका थिए तर उनी हाल सरुवा भएर प्रधानमन्त्री कार्यालय पुगेका छन् । उनै ढुंगानाले सचिवस्तरिय निर्णय मार्फत साढे ३ अर्ब भन्दा बढी दायित्व सृजना भएमा नेपाल सरकारले व्यहोर्ने भनेका थिए ।

कति भयो कोरोना बीमा ?
असार मसान्तसँगै कोरोना बीमा पोलिसी समाप्त भएको छ । सो अवधीसम्ममा १७ लाख ५८ हजार ३ सय ४३ वटा कोरोना बीमालेख जारी भएका छन् ।

सोमध्ये एक लाख ३५ हजार ७ सय ५४ वटा दावी परेको छ । सो संख्याको दावीबाट १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६ सय रुपैयाँ बराबरको भुक्तानी दायित्व सृजना भएको छ । सो दायित्वमध्ये हालसम्म ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार ५ सय ५२ रुपैयाँ दावी भुक्तानी भैसकेको छ । अब ९ अर्ब ६४ करोड १७ लाख ३१ हजार ६ सय रुपैयाँ दावी भुक्तानी हुन बाँकी छ ।

अर्थ मन्त्रालयले आफ्नो पूर्व निर्णय एंव प्रतिवद्धता अनुसारको रकम तत्काल निकास गरेर कोरोना बीमा वापतको दावी भुक्तानी प्रक्रिया सुचारु नगरे बीमा प्रतिको सर्वसाधारणको विश्वसनियतामा पुनः प्रश्न उठ्ने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE