Skip to content
Shikhar Insurance
National Life

बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन, कर्पाेरेट वार सुरु

Hyundai
NCELL
NIMB

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरिएको हो ।

बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । सूर्य सिलवाललाई अख्तियारले मुद्दा दायर गरेपछि मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षको जिम्मेवारी दिएको छ । बीमा ऐन २०७९ अनुसार अध्यक्षको म्याद सकिन भन्दा एक महिना अगाडी नै अध्यक्ष छनोट गरिसक्नु पर्ने कानूनी प्रावधान छ ।

ऐनको दफा ४ मा ‘उपदफा (३) बमोजिम अध्यक्षको नियुक्ति सो पद रिक्त हुनुभन्दा एक महिना अगावै गर्नु पर्नेछ ।’ भनि उल्लेख छ । छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थसचिव डा. रामप्रसाद घिमिरे र बीमा क्षेत्रका एक जना विज्ञका रुपमा ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।

प्राधिकरणको अध्यक्ष बन्नका लागि कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी, पूर्व सहसचिव हरि बस्याल, बीमा प्राधिकरणकै पूर्व सञ्चालक कपिलदेव ओली, नेपाल आयल निगमका पुर्व कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, राष्ट्रिय बाणिज्य बैंकका पूर्व सीईओ किरण श्रेष्ठ लगायतको नाम चर्चामा छ ।

केहि बीमा कम्पनी, सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स थप्ने तयारी भैरहेकाले प्राधिकरण अध्यक्ष आफु अनुकुल पात्र नियुक्त गराउन कर्पाेरेट हाउसहरुबीच तिब्र प्रतिष्पर्धा छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्