Skip to content
Shikhar Insurance
National Life

बीमा पोलिसी धितो राखेर बैंकबाट ऋण लिन रोक, बीमा समितिले राष्ट्र बैंकलाई पठायो पत्र

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएको छ । समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले कार्यभार सम्हालेको एक हप्ता नाघ्ने वित्तिकै बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएका हुन् ।

समितिले फागुन ५ गते बुधबारका दिन राष्ट्र बैंकलाई पत्र लेखेर बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण दिने व्यवस्था रोक्न भनेको हो ।
‘हामीले हिजो मात्रै राष्ट्र बैंकलाई पत्र लेखेर बीमा पोलिसी धितोमा राखेर ऋण दिन नपाउने व्यवस्था लागु गर्न भनेका छौं, पोलिसी धितो राखेर बीमा कम्पनीले मात्रै ऋण दिन पाउँछन्, बैंकहरुबाट ऋण लिनु कानुन विपरिद हो’, अध्यक्ष सिलवालले सिंहदरबारसँग भने ।

उता, बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने बीमा पोलिसी धितोमा राखेर बैंकहरुले ऋण दिने व्यवस्था संसारभर रहेकाले त्यसमा रोक लगाउनु आवश्यक नभएको धारणा राखे । ‘बीमा पोलिसी धितोमा राखेर ऋण दिने अभ्यास संसारभर छ, हामी कहाँ त्यसलाई रोक्नुपर्ने कारण देख्दिन’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले सिंहदरबारसँग भने ।

बीमा पोलिसी धितोमा राखेर ‘सरेण्डर भ्याल्यु’को निश्चित प्रतिशतसम्म ऋण दिने गरिएको पनि उनले जानकारी दिए । त्यस्तो ऋणको सिमा तय गर्न भने बैंकहरु आफैं स्वतन्त्र रहेको पनि उनले जानकारी दिए

GBIME

प्रतिक्रिया दिनुहोस्