Skip to content
Shikhar Insurance
National Life

मुद्धतीको पैसा निकालेर अन्य क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद शिलवालले बीमा कम्पनीहरुलाई बैंकहरुमा राखेको मुद्धती खाताको पैसा अन्य क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन् । उनले लगानीका क्षेत्र परिवर्तन गर्नु आवश्यकता औल्याउँदै राम्रो प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गर्न निर्देशन दिएका हुन् ।

समितिद्वारा आयोजित विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको शुभकामना आदन प्रदान कार्यक्रमका अध्यक्ष शिलवालले भने–‘बीमा कम्पनीहरूले बैंकहरूमा मात्र लगानी केन्द्रित नगरी लगानीका क्षेत्र परिवर्तन गर्नु पर्छ । अब दीर्घकालीनरूपमा राम्रो प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुहोस् ।’ उनले कम्पनीहरुलाई आम्दानीको स्रोतमा बैंकहरुको मुद्धती निक्षेपमा पैसा राखे वापत प्राप्त हुने ब्याजलाई मात्रै निर्भर नभएर सो पैसा दीर्घकालिन आम्दानीको स्रोत हुने गरी अन्य क्षेत्रमा लगानी गर्न भनेका हुन् ।

अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति रहेने प्रतिवद्धता गरे । समितिले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरीे कम्पनीहरूले काम गर्न उनले निर्देशन दिए । बीमा कम्पनीहरूले नागरिकको आवश्यकता र मुलुकको भौगोलिक अवस्था अनुसार बीमालेख ल्याउनुपर्ने र कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम संचालन गर्नु समेत निर्देशन दिए ।

सो कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा, स्वास्थ्य बीमा लगायतका बीमा गर्नुपर्ने बताए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE