Skip to content
Shikhar Insurance
National Life

बीमा कम्पनीहरुलाई अभिकर्ता रिझाउने बाटो फुक्का, ३ महिना पनि टिकेन समिति अध्यक्षको अडान

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले जीवन कम्पनीहरुलाई अभिकर्ता रिझाउने बाटो फुक्का गरिदिएको छ । समितिले कर्मचारी र बीमक बाहेकलाई कुनै पनि प्रकारका कर्जा सापटी दिन समितिले गत पुस मै रोक लगाएको थियो ।

तर, आफ्नै निर्णयबाट पछि हट्दै समितिले कम्पनीहरुलाई गाडी, ल्यापपटप, मोबाइल खरिद गर्न कर्जा दिन पाउने व्यवस्था गरेको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दोस्रो संसोधन गर्दै जीवन कम्पनीहरुले अभिकतालाई व्यवसाय  प्रवर्द्धनको लागि नगद र घर/जग्गा कर्जा बाहेक अन्य कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।

संसोधित बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको निर्देशन नम्बर ४९ मा भनिएको छ–‘कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम बीमकले आफ्नो कर्मचारीलाई सापटी र जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न बीमकले आफ्नो बाहलवाला बीमा अभिकर्तालाई बीमकको व्यवसाय प्रवद्र्धन गर्न संचालक समितिको स्वीकृति लिइ प्रोत्साहन बापत नगद र घर/जग्गा कर्जा बाहेक अन्य व्यवस्था गर्न लयस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’

समितिले गत पुस २६ गते सोही निर्देशिकाको पहिलो संसोधन गर्दै बीमा समितिले जीवन बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिन बाहेक कुनै पनि किसिमको कर्जा दिन नपाउने व्यवस्था गरेको थियो । उक्त समयसम्म जीवन बीमा कम्पनीहरुले ८ अर्ब ७१ करोड रुपैयाँ बढी  अभिकर्ताहरुलाई घर, कार, मोटरसाइकल, ल्यापटप र मोबाइलका साथै नगद कर्जा प्रदान गरिसकेका थिए ।

कम्पनीहरुले यस्तो प्रकारका स्कीम अभिकर्ताको कार्य सम्पादनमा आधारित रहेर दिने गरेका थिए । समितिका अध्यक्ष सुर्यप्रसाद शिलवालले ठाडो निर्देशन दिँदै गत मंसिर महिनामै यस्तो प्रकारका स्कीम बन्द गराएका थिए भने पुस मसान्तमा बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकका नै संसोधन गरेर सो व्यवस्था गरेका थिए ।

तर, बीमा कम्पनीहरु र अभिकर्ताहरुको चर्को विरोध पछि अध्यक्ष शिलवालले आफ्नो निर्यण ३ महिना बित्न नपाउँदै परिवर्तन गर्न बाध्य भएका हुन् । पेसागत अभिकर्ताहरुले यस्तो स्किमको बन्देज फुकाउन अर्थमन्त्रीसँग समेत हारगुहार गरिसकेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्