Skip to content
Shikhar Insurance
National Life

बीमा अभिकर्ता संघको नेपाल लाइफ च्याप्टरमा कृष्ण प्रसाद आचार्यको नेतृत्व, बोनस दर ६५ रुपैयाँ पुर्याउन दबाव

Hyundai
NCELL
NIMB

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्स च्याप्टरको अध्यक्षमा कृष्ण प्रसाद आचार्य निर्वाचित भएका छन् । संघको हेटौँडामा सम्पन्न तेश्रो अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा अम्बिका प्रसाद तेली, उपाध्यक्षमा चन्द्रकला पौडेल, सचिवमा तेज प्रसाद तिवारी, सह–सचिवमा नेत्र प्रसाद ढकाल र कोषाध्यक्षमा शैलेन्द्र दाहाल निर्वाचित भएका छन् । सदस्यहरुमा भने क्रमशः लिलावती कंडेल (लक्ष्मी), तेज प्रसाद प्रसाइ, भक्ति प्रसाद भट्टराई, चन्द्र नारायण दास, सीता थेवे, ज्ञान प्रसाद पौडेल, लक्ष्मी भट्ट, मनोज कुमार यादव, शंकर थापा सोमई मगर, सरिता ठाकुर छानिए । मनोनित कोटाबाट कर्णाली प्रदेशबाट केन्द्रिय सदस्यमा निम कुमारी पुनलाई चयन गरिएको छ । संघले ६ बुँदे माग समेत अघि सारेको छ ।

पेशागत तथा बीमा सम्बन्धी समसामयिक प्रस्तावहरु
१. बोनस दर न्यूनतम रु.६५ प्रति हजार प्रति वर्ष कायम गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
२. जनतालाई सर्वसुलभ बीमा योजनाहरु जारी गरी बीमाको दायरा विस्तार गरि यसका माध्यमबाट राष्ट्रिय पूंजी निर्माणको प्रकृया अगाडी बढाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दछ ।
३. केटाकेटीहरुको जीवन बीमा हाल गरिएको जोखिम बहन र मृत्यु रकम दावी भुक्तानी सम्बन्धी व्यवस्थामा परिवर्तन गरियोस ।
४. बीमा अभिकर्ताहरुको जीवन बीमा/दुर्घटना बीमा/औषधी उपचार बीमा कम्पनीबाट नै गर्ने व्यवस्था गरियोस ।
५.संगठित तथा असंगठित क्षेत्र तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा सुविधामा आबद्ध गराउन योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७५ लागु भई सकेको सन्दर्भमा बीमा क्षेत्रका सम्पूर्ण बीमकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यो अधिवेशन बीमा समिति तथा सम्बद्ध बीमा व्यवस्थापन ध्यानाकर्षण गर्दछ ।
६. बीमा ऐन संसोधन गरी बीमा नीति तर्जुमा गर्ने निकाय बीमा समितिमा सम्पूर्ण बीमा अभिकर्ताहरुको पेशागत बीमा अभिकर्ताहरुको संगठन पेशागत बीमा अभिकर्ता संघ नेपालको तर्फबाट प्रतिनिधित्व गराउने व्यवस्था गरियोस ।

GBIME

प्रतिक्रिया दिनुहोस्