काठमाडौं । सरकारले बीमाको पहुँच देशभर विस्तार गर्न सघाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले बीमाको पहुँच देश व्यापी बनाउने भनेको हो ।
त्यस्तै, सरकारले न्युन आय भउका वर्गहरुलाई स्थानीय तहहरु मार्फत लघु बीमामा समेट्ने पनि योजना अघि सारेको छ । त्यस्ता न्युन आय भएका वर्गहरुको न्युन शुल्क वा निःशुल्क बीमा गराउनेबारे सरकारले बिशेष पहल गर्ने पनि भनिएको छ ।
बीमाको पहुँच देशभर विस्तार गर्ने, गरिबलाई लघु बीमा निःशुल्क

प्रतिक्रिया दिनुहोस्