Skip to content
Shikhar Insurance
National Life

बिहिबार नेप्सेले गर्याे २ कम्पनीको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले २ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबार प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत र मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्यको आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । बिहिबार कारोबारको दिन दोस्रो बजारमा प्रिमियर इन्स्योरेन्सको सेयर मुल्य ७८८ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य ९४३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

समायोजनपश्चात प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ६८९ रुपैयाँ ७२ पैसा र मेरो माइक्रोफाइनान्सको ८५८ रुपैयाँ ९ पैसा कायम भएको छ ।

उक्त समायोजित सेयर मूल्यमा आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्