काठमाडौं । नेपाल उध्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले ब्याजदर घटाउने अभियानको नेतृत्व ग्लोबल आइएमई बैंकले लिनु पर्ने बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा परिसंघ अध्यक्ष अग्रवालले ठुलो बैंकले ब्याजदर घटाउने अभियानको अगुवाई गर्नुपर्ने धारणा राखेका हुन् । मर्जर प्राप्तिमा इतिहास रच्दै नेतृत्व गरि देशकै ठुलो बैंक बनेकाले राम्रा कामको नेतृत्व गर्नुपर्ने बताए । उनले ठुलो हुनु भनेकै ठुलो दायित्व बोक्नु हो भने ।
बिष्णु अग्रवाल भन्छन्- ब्याजदर घटाउन ग्लोबल आइएमई बैंकले नेतृत्व गरोस्

प्रतिक्रिया दिनुहोस्