Skip to content
Shikhar Insurance
National Life

बिवाईडी आयात गर्ने साइमेक्स इंकले मूल्य घटाएर एलसी खोल्न सुरु गर्यो, ‘अन्डर इनभ्वाइसको आशंका’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा पछिल्लो समय लोकप्रिय बनिरहेको चिनियाँ विद्युतिय गाडी बिवाईडी बिक्री गर्ने साइमेक्स इंकले धमाधम थप गाडी मगाउन प्रतित पत्र (एलसी) खोल्न सुरु गरेको छ । कम्पनीले कर बढेपछि पहिलो पटक एलसी खोल्न सुरु गरेको हो ।

बैंकमा एलसी खोल्दा कम्पनीले गाडीले पहिलेकाे मूल्य घटाएर एलसी खोल्न थालेको हो । कम्पनी स्रोतका अनुसार चिनियाँ गाडी उत्पादकले नेपालमा कर बढेको भन्दै मूल्य कम गराएको हो । कम्पनी स्रोतले सिंहदरबारसँग भन्यो, ‘आर्थिक ऐन २०८१/०८२ ले विद्युतिय गाडीमा कर बढाएपछि कम्पनीले गाडीहरुमा भारी डिस्काउन्ट दिएको छ, सोहि अनुसार नै हामीले कर एलसी खोल्न सुरु गरेका हौं ।’

कम्पनीले गाडीको मूल्य घटाएर एलसी खोल्दा राजस्व कम तिर्नुपर्छ । सरकारले भने विद्युतिय सवारी आयातबाट कर संकलन घटेको भन्दै करको दर बढाएको थियो । तर बढेको कर दर अनुसार सरकारले थप राजस्व भने नपाउने भएको छ । कम्पनी स्रोतका अनुसार प्रत्येक सेग्मेन्टमा बढेको करको ५० प्रतिशत मूल्य उत्पादकले घटाएको छ । स्रोतले थप्यो, ‘प्रत्येक सेग्मेन्टको गाडीमा मूल्य  घटाएर एलसी खोलेका छौं, अब कर बढेकै कारण गाडीको मूल्यमा थप भार पर्दैन।’

कम्पनीले एकै मोडेललमा २ लाखसम्म कम गरेर एलसी खोलेको बैंकका एक प्रतिनिधिले बताए । साइमेक्स इंक कर विवादमा फसेको कम्पनी हो । कम्पनीले आयात गर्ने अटो-३ (Atto-3) मोडेल १५० किलोवाटलाई घटाएर १०० किलोवाटमा ल्याएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । सो मोडेलको १ हजार गाडीमा भन्सार महसुल र अन्तशुल्क छलि भएको भन्दै अनुसन्धान विभागले अध्ययन अघि बढाएको छ ।

साइमेक्स इंक किलोवाट छलिमा मात्रै नभई न्यूनबिजिकरणमा समेत जरिवाना तिरिसकेको कम्पनी हो । अहिले पनि मूल्य घटाएर एलसी खोल्न थालेपछि न्युनबिजकिकरणको आशंका गरिएको हो । आर्थिक ऐन २०८१/०८२ मार्फत कर बढ्दैछ भन्ने अग्रिम सूचना पाएको कम्पनीले जेठ १४ गते अघिनै मात्रै १२ सय भन्दा बढी गाडी भित्र्याएको थियो ।

कम्पनी कर विवादमा फसेर ठूलो रकम तिर्नुपर्ने भएपछि कम्पनीले स्टक रहेको गाडीमा नै धमाधम मूल्य वृद्धि गरिरहेको छ । कम्पनीले स्टक रहेको गाडीमा नै १० प्रतिगाडी १० लाखसम्म मूल्य बढाएको हो । आर्थिक ऐन २०८० अनुसार आयात भएको गाडीमा नै धमाधम मूल्य वृद्धि गरेपछि कारोबार जारी ऐन २०३४ आकर्षित हुने देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्