Skip to content
Shikhar Insurance
National Life

बिवाइडीद्वारा ‘स्पोट द डलफिन अन द रोड’ अभियान घोषणा

Hyundai
NCELL
NIMB

काठमाडाैं । बिवाइडीले ‘स्पोट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ। नेपालमा बिवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘डल्फिन अन द रोड’ क्याम्पेन घोषणा गरेको हो।

क्याम्पेन सेप्टेम्बर ६ देखि ११ सम्म चल्नेछ। बिवाइडी डल्फिन सेप्टेम्बर १२ मा नाडा अटो सो २०२३ मा लन्च हुने कम्पनीको भनाइ छ। अभियानअन्तर्गत सडकमा बिवाइडी डल्फिन भेटाएर भिडियो बनाउने र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गर्नेले १ लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।

डल्फिन कहाँ र कसरी भेट्ने जानकारीका लागि बिवाइडीको आधिकारिक पेज हेर्नुपर्नेछ। खिचिएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गरी बिवाइडी नेपालको आधिकारिक पेजमा ट्याग गर्नुपर्नेछ।

भाग्यशाली तीन विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न चयन गरिने कम्पनीले जनाएको छ। त्यसबाहेक प्रत्येक सहभागीले नाडा अटो सो को टिकट निःशुल्क पाउनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्