Skip to content
Shikhar Insurance
National Life

बिराटनगरबाट बंगलादेश सीधा हवाइ उडान गर्न सकिँदैन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष प्रतिबद्ध रहेको सो अवसरमा बताइयो ।

नेपालको कुल व्यापारमा दक्षिण एशियामा बंगलादेश दोस्रो ठुलो व्यापार साझेदार रहेको तथ्यांकले देखाउँछ । तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९०.६ मिलियन डलर बराबरको आयात गरेको थियो । यसरी हेर्दा दुबै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ ।

नेपालले हाल मुसुर दाल, खाद्य प्रिपरेशन, गहुंको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्धुतीय सामानहरु आयात गर्दछ । २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए । बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै अध्यक्ष गोल्छाले बंगलादेशसँग आर्थिक सम्बन्ध मजवुद बनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कुटनीतिमार्फत सहयोग गर्न आग्रह गरे । उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए ।

भेटमा राजदुतले द्वीपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरतापुर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए । उनले द्वीपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिए । स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थल बीच सिधा हवाइसेवा संचालन गर्न सकिने सम्भावना औंल्याए ।

उनले आफ्नोे तर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुर्वै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्