Skip to content
Shikhar Insurance
National Life

बिध ल्याबले सरकारबाट पायो ‘ए’ ग्रेडको लाइसेन्स

Hyundai
NCELL
NIMB

काठमाडौं । बिध ल्याबलाई स्वास्थ्य मन्त्रालयले ए ग्रेडको लाइसेन्स प्रदान गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो ।

ल्याबलाई पहिला नै राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशालाले सञ्चालन अनुमती प्रदान गरिसकेको थियो । कुनै पनि किसिमको स्वास्थ्य परिक्षण गर्न बाहिर धाउन वाध्य बिरामीहरुलाई सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबको माध्यमबाट पछिल्लो समयमा धेरै मानिसहरुले स्वदेशमै छिटो र छरितो स्वास्थ्य सेवाको लाभ लिइ रहेका छन्।

यस ल्याबले पछिल्लो समयमा आफ्नो सेवालाई विस्तार गर्दै २५०० भन्दा धेरै प्रकारका स्वास्थ्य परिक्षण गर्ने क्षमता विकास गरेको छ, जसमा सबै प्रकारका आणविक परिक्षण समेत सामेल रहेका छन् । यस ल्याबमा हाल १० जना भन्दा धेरै स्वास्थ्य सेवामा अब्बल र अनुभवी एमडी डाक्टर कार्यरत छन् । यसैगरी यस ल्याबमा नेपालकै प्रतिष्ठित माइक्रो बायोलोजिस्ट र प्याथोलोजिस्ट समेत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेका छन् ।

सारा शरिर जाँच लगायत सम्पूर्ण प्याथोलोजी सेवा उपलब्ध बिध ल्याबमा कोभिड १९ लगायत अन्य जस्तोसुकै रोगको समेत घरबाटै नमुना संकलनको २४घण्टा नै सेवा उपलब्ध रहेको छ र यसले अत्याधुनिक एस्एम्एस् र इमेल प्रविधीमार्फत सम्बन्धित व्यक्तिलाई रिपोर्ट पठाउने सुविधा केहि समय अघिबाट नै सुचारु गरिसकेको छ ।

लिक्विड बेस्ड साइटोलोजिको आधारमा नमुना तयार गरिने उक्त ल्याबमा प्राणघातक रोग केन्सर, एच आइ भी, हेपाटाइटिस लगायत ट्युबरकुलोसिस र डेङ्ग्यु जस्ता रोगहरुको समेत नमुना परिक्षण हुदैँ आइरहेका छन् । यसैगरी यस ल्याबमा निसन्तान दम्पत्तिका लागि समेत विशेष परिक्षणको व्यवस्था रहनुका साथै त्यसलाई हल गर्ने परामर्शको सेवा समेत उपलब्ध रहेको छ ।

स्वास्थ्य परिक्षणका क्रममा भोग्नुपर्ने हैरानी र विश्वासहीन सेवाबाट स्वदेशी तथा विदेशी सेवाग्राहीलाई छुटकारा दिलाएर भरपर्दो, गुणस्तरीय तथा विश्वाशिलो सेवा दिलाउने उद्देश्यले स्थापित बिध ल्याबले स्वास्थ्य सेवाबाट कोहिपनि वञ्चित नहुन भन्ने उद्देश्यलाई आत्मसात गर्दै निकै नै सुपथ मूल्यमा जाँच सेवा गर्दै आइरहेको छ । साथसाथै यसले आजको मितिबाट १ महिना सम्मको लागि उपलब्ध समस्त जाँचमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । छोटो समयमा नै गुणस्तरीय सेवामार्फत सेवाग्राहीको मन जित्न सफल बिध ल्याबले नेपाली स्वास्थ्य क्षेत्रमा ठूलो भूमिका खेल्ने सजिलै आँकलन गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्