Skip to content
Shikhar Insurance
National Life

बिजुली बजारमा सहकारीपीडित र प्रहरीबीच झडप

Hyundai
NCELL
NIMB

काठमाडौं । राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ । माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।

बिहीबार दिउँसो बिजुली बजार पुलमा सहकारी पीडितहरू र प्रहरीबीच धकेलाधकेल भएको हो। सहकारी पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो।

निक्षेपको सावा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्। फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्