Skip to content
Shikhar Insurance
National Life

बिओकेलाई गाभ्ने ग्लोबल आइएमईलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति,पुस २५ गते एकीकृत कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूलाई प्राप्तीको अन्तिम स्वीकृति दिएको छ । केन्द्रीय बैंकको पुस १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले यी बैंकहरुको मर्जर तथा प्राप्ती प्रक्रियामा अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको १५ दिन भित्रै एकिकृत कारोबार गर्नुपर्ने नियमकीय व्यवस्था छ । जसअनुसार यी बैंकहरुले २९ गतेसम्म एकिकृत कारोबार गर्नु पर्ने हो । तर, एकिकृत कारोबार पुस २५ गते नै गर्ने तयारी गरिएको ग्लोबल आइएमई बैंक स्रोतले जानकारी दिएको छ । एकिकृत कारोबार ग्लोबल आइएमई बैंकको नामबाटै गरिने स्रोतको भनाइ छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमति भएको थियो।

२०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्