Skip to content
Shikhar Insurance
National Life

बालेनले लिए महानगरपालिका प्रमुखको सपथ, नगरसभाको बैठक प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित बालेन्द्र साहले पद तथा गोपनियताको शपथ लिएका छन्। काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण कार्यक्रममा बालेनकी श्रीमती सबिना काफ्ले उपस्थित थिइन्।

सपथ ग्रहणपछि उनले नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गर्दै पहिलो बैठक सोमबार बोलाएका छन् । सोमबार ४ बजे बस्ने नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने नवनिर्वाचित मेयर बालेन साहले बताएका हुन् ।

फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भए पनि सिसडोलवासीलाई बस्ने राम्रो वातावरण नभएसम्म अरु काम नगर्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्