Skip to content
Shikhar Insurance
National Life

बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना

Hyundai
NCELL
NIMB

काठमाडौं। निर्माण व्यवसायीहरूले आर्थिक वर्ष ०७९/८० मा सम्पन्न भएका परियोजनाहरूको भुक्तानी अहिलेसम्म नपाएको विरोधमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन्।

आर्थिक वर्ष सकिएको तर भुक्तानी हुनुपर्ने रकम अहिलेसम्म नपाएको  भन्दै उनीहरूले प्रधानमन्त्री निवास अगाडि सेफ्टी हेल्मेट लगाएर विभिन्न माग उल्लेख गरिएका प्लाकार्ड बोकेर एक घन्टा धर्ना दिएका हुन्।

‘लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर’, ‘माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर’, ‘निर्माण कार्यको म्याद थप गर’, ‘मूल्य समायोजन तुरून्त कार्यान्वयन गर’, ‘व्यवसायीले आत्मदाहा गर्ने क्रम बन्द गराउ’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’ लगायत उल्लेख गरिएको छ। यसअघि उनीहरूले  गत असार २९ गते माइतीघर मण्डलमा धर्ना दिएका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्