Skip to content
Shikhar Insurance
National Life

बालाजु र गौरीघाटमा थपियो सेञ्चुरी बैंकको नयाँ शाखा

Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले फागुन १८ गतेबाट दुई शाखा संचालनमा ल्याएको हो ।

बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा आए पछि बैंकको कुल शाखा १२२ पुगेको छ । त्यस्तै, बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवा प्रदान गदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्