Skip to content
Shikhar Insurance
National Life

बारामा यस वर्ष २ अर्ब ३७ करोड रुपैयाँ बराबरको आलु उत्पादन

Hyundai
NCELL
NIMB

कलैया । बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल १ लाख २१ हजार अर्थात ६२.५ मेट्रिक टन आलु उत्पादन गरेका छन् ।

आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी दिए ।

यस वर्ष आलु उत्पादनमा ०.२५ प्रतिशतले वृद्धि भएको छ । कृषकले विभिन्न जातका आलु ७ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६.२५ मेट्रिक टनको दरले २ अर्ब ४२ करोड १२ लाख ५० हजार मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए ।

कलैया बजारमा अहिले आलु प्रतिकिलो २० देखि २५ मा बिक्री वितरण भइरहेको छ । गत वर्ष कृषकले विभिन्न जातका आलु ७ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनका दरले २ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ बराबरको आलु उत्पादन गरेका थिए । १ लाख १८ हजार ७ सय २० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्