Skip to content
Shikhar Insurance
National Life

बाराबंकी बस दुर्घटनाः ४ नेपालीको मृत्यु, २ अवस्था गम्भिर

Hyundai
NCELL
NIMB

एजेन्सी । भारतको उत्तर प्रदेशको बाराबंकीमा ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिँदा चार जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । शनिबार बिहान करिब ३ः३० बजे ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिँदा चार नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा प्रेम थारू, सीतल थारू र चक्र बहादुर रहेका छन् भने एक जनाको सनाखत भएको छैन।

भारतीय संचार माध्यमका अनुसार उक्त बसले रुपैडिहादेखि नेपालबाट प्रवासी कामदारलाई गोवा लैजाँदै गरेको यात्रुहरु बोकेको थियो भने सो बसको टायर पन्क्चर भई मर्मतको लागि बाटोको छेउमा रोकिएको अवस्थामा पछाडिबाट र्को ट्रकले ठक्कर दिँदा उक्त घटना घटेको हो ।

उक्त बसमा कुल ६० जना यात्रु रहेको बताइएको छ । घाइते १४ जना मध्य २ जनाको अवस्था गम्भिर रहेको र उनीहरुको लखनउ ट्रमा सेन्टरमा र अन्यको बारबन्कीमा जिल्ला अस्पातलमा उपचार भईरहेको रिपोर्टमा उल्लेख छ । स्थानिय प्रहरीलाई उध्रदत गर्दै एनआईले जनाए अनुसार हाल मृतकहरुको शवलाई नेपाल फिर्ता पठाउने प्रवन्ध मिलाइदै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्