Skip to content
Shikhar Insurance
National Life

बाढीपीडितको घर-घर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको सांसद केसी दाबी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले यस्ताे बताएका हुन् । उनले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताउँदै राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताए ।

“कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो”, उनले भने, “हामी सत्ता समीकरणको पक्षमा पनि छैनौँ, नेपालको वामपन्थी एकैठाउँमा भए पनि भत्काउनुपर्‍यो ।” सांसद केसीले संविधानका आधारभूत कुरा संसोधन गर्न नपाइने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्