Shikhar Insurance
National Life

‘बागलुङ समाज जापान’ को पाँचौं अधिवेशन जनवरी १९ मा

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । बागलुङ समाज जापानको अधिवेशन नजिकिएको छ । समाजको पाँचौं अधिवेशन आगामी नयाँ वर्ष २०२५ को जनवरी १९ तारिखमा हुने भएको हो । गत नोभेम्बर २४ मा (मंसिर ९ गते) बसेको समाजको नियममित बैठकले अधिवेशनको मिति तय गरेको हो ।

समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामू खत्रीले जानकारी दिए ।आज भन्दा ९ वर्षअघि गठन भएको समाजले पाँचौं अधिवेशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सामाजिक कार्यमा सक्रिय बागलुङ समाजको पाचौ अधिवेशन आगामी जनवरी १९ मा गर्ने निर्णय भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्नेछ’, प्रवक्ता खत्रीले भने ।

अधिवेशन भब्य रुपमा सम्पन्न गर्नका लागी सबै तयारी थालिएको खत्रीले बताए । अधिवेशनका दिन जापानमा रहेका सबै बागलुङबासीलाई सहभागि जनाउन समेत खत्रीले अनुरोध गरे । बागलुङबाट जापानाका विभिन्न शहरहरुमा बागलुङ बासीहरुको ठुलो संख्या छ । विदेशी भूमिमा रहेर पनि गृह जिल्ला र समग्र नेपालको विकासका लागि समाजले विभिन्न सहकार्य गर्दै आएको छ ।

जापानमा रहेका बागलुङेसहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र बागलुङको विकासमा टेवा पुर्याउने उद्देश्यसहित समाजको स्थापना भएको हो । समाजले बागलुङको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृति क्षेत्रको उत्थान लगायतमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्