Skip to content
Shikhar Insurance
National Life

बागलुङका १ हजार बढी घर बिजुलीविहीन

Hyundai
NCELL
NIMB

बागलुङ । पहिरोले विद्युत आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका १ हजार तीन सय १३ घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो ।

आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए ।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताए । वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनले जानकारी दिए ।

विद्युत आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्