Shikhar Insurance
National Life

बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १२:०८
Hyundai
NCELL
NIMB

नुवाकोट । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताएका हुन् ।

मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेश नीति तथा योजना आयोगलाई अधिकारसम्पन्न बनाउने दृढता पनि उनले व्यक्त गरे । गोष्ठीमा प्रदेशअन्तर्गतका नुवाकोट, धादिङ र रसुवास्थित कार्यालय र स्थानीय तहका प्रतिनिधिले आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्